Go Back Go Back
Go Back Go Back
Go Back Go Back

विपद्को अवस्थामा किशोरकिशोरीको लागि यौन तथा प्रजनन् स्वास्थ्य सेवा सहयोगी सामग्री

विपद्को अवस्थामा किशोरकिशोरीको लागि यौन तथा प्रजनन् स्वास्थ्य सेवा सहयोगी सामग्री
विपद्को अवस्थामा किशोरकिशोरीको लागि यौन तथा प्रजनन् स्वास्थ्य सेवा सहयोगी सामग्री

Publisher

Number of pages

133

Author

UNFPA

Publications

विपद्को अवस्थामा किशोरकिशोरीको लागि यौन तथा प्रजनन् स्वास्थ्य सेवा सहयोगी सामग्री

Publication date

01 January 2014

Download Icon

यो सहयोगी सामग्रीले किशोरकिशोरीहरुका यौन तथा प्रजनन् स्वास्थ्य सेवाका लागि पैरवी गर्न आवश्यक पर्ने सूचना र मार्गदर्शन प्रदान गर्दछ । यसले किशोरकिशोरीहरुको समावेशी यौन तथा प्रजनन् स्वास्थ्य कार्यक्रम तर्जुमा र कार्यान्वयनमा समेत सहयोग गर्दछ । विपद् वा त्यसपछिको अवस्थामा किशोरकिशोरीहरुका आवश्यकताप्रति सरोकारवालाहरुलाई उत्तरदायी बनाउन र यौन तथा प्रजनन् स्वास्थ्य कार्यक्रम कार्यान्वयन सुनिश्चित गर्न के-कस्ता काम गर्न सकिन्छ भन्ने कुरामा मार्गनिर्देश गरिएको छ । विपद्को बेलामा किशोरकिशोरीहरुका यौन तथा प्रजनन् स्वास्थ्य आवश्यकता पूर्ति भएको कुरा सुनिश्चित गर्दै यस सेवालाई विपद्को अवस्थामा प्रदान गरिने अन्य सेवाहरुसँगै मूल प्रवाहमा ल्याउनु पर्छ । मूल प्रवाहमा ल्याउने प्रक्रियाका लागि योजना तर्जुमा, समय र स्रोतको समन्वयको खाँचो पर्दछ । मूल प्रवाहमा ल्याउने प्रक्रिया थाहा भए पनि किशोरकिशोरीहरुका यौन तथा प्रजनन् स्वास्थ्यलाई अहिलेसम्म विपद्को अवस्थामा सेवाको मापदण्ड कायम गर्न र स्तरीय बनाउन सकिएको छैन । यो सहयोगी सामग्रीले जुनसुकै विपद् (चाहे मानव सृजित होस् वा प्राकृतिक) मा पनि किशोरकिशोरीहरुका यौन तथा प्रजनन् स्वास्थ्यको आवश्यकता सम्बोधन गर्ने कुरा सुनिश्चित गर्न कार्यक्रम व्यवस्थापकहरुलाई सहयोग गर्ने अपेक्षा सहित तयार पारिएको हो । यसमा केही सामग्रीहरु विशेष गरी स्वास्थ्य सेवा प्रदायकहरुलाई लक्षित गरी क्लिनिक वा समुदाय स्तरमा प्रभावकारी र गुणस्तरीय किशोरकिशोरीहरुका यौन तथा प्रजनन् स्वास्थ्य सेवा प्रदान गराउनका लागि समावेश गरिएको छ । यी सामग्रीहरु कहिल्यै तालिम प्राप्त नगरेका, तर किशोरकिशोरीसँग काम गर्नुपर्ने सेवा प्रदायकहरुले सहज रुपमा आवश्यक सेवा प्रदान गर्न सकुन् भन्ने उद्देश्यले प्रयोगकर्ता मैत्री बनाइएको छ । प्रत्येक विपद्को अवस्था र त्यसको जोखिम फरक फरक हुन्छन् । कार्यक्षेत्रमा अवस्था सुहाउँदो बनाएर यी सामग्रीहरुको प्रयोग गरिनेछ भन्ने अपेक्षा गरिएको छ । यस सहयोगी सामग्रीको प्रयोग गरी किशोरकिशोरीहरुका यौन तथा प्रजनन् स्वास्थ्यको आवश्यकता बारे सुसूचित गराउन र विपद् ब्यवस्थापनमा यस सेवालाई मूल प्रवाहमा ल्याउन समेत सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।