You are here

संयुक्त राष्ट्रसंघले १५ देखि २४ वर्षका व्यक्तिलाई युवाका रूपमा परिभाषित गरेको छ भने १० देखि १९ वर्षबीचका लाई किशोरकिशोरी भनेको छ । राष्ट्रिय युवा नीति नेपाल  २०१० ले १६ देखि ४० वर्षबीचका महिला, पुरूष र तेस्रोलिङ्गीलाई युवा ठानेको छ । यो दस्तावेजमा प्रयोग भएका तथ्यांकहरू विभिन्न स्रोतबाट आएका छन् र यसले गर्दा युवाको परिभाषा स्रोतैपिच्छे फरक फरक पर्न गएको छ । यसको अर्थ जुन जुन स्रोतहरूबाट तथ्यांक लिइएको छ, त्यसका अधारमा युवाको उमेर १० देखि ४० सम्म हुन आउँछ ।  यो प्रकाशनको उद्देश्यका लागि १० देखि ४० वर्ष उमेरका व्यक्तिलाई युवा मानिएको छ । यो प्रकाशन संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपीए)को आर्थिक तथा प्राविधिक सहायतामा युवाले तयार गरेको हो । उत्पे्ररणामूलक कथाहरू युवाले संकलन गरी प्रकाशनलाई यस्तो स्वरूप दिएको हो ।