You are here

स्वीस सरकार विकास सहयोग (एसडीसी) र संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (यूएनएफपीए) को सहयोगमा लागू गरिएको पहिलो चरणको लैङ्गिक हिंसा निवारण परियोजना अन्तर्गत प्रकाशित यो पुस्तक सफल कथाहरुको संग्रह हो । यस पुस्तकमा सिन्धुली, ओखलढुंगा र उदयपुरका उदाहरणीय सफलताका कथा समेटिएका छन् । विभिन्न खाले हिंसामा परेर पुनर्स्थापना भएका तथा स्थानीय तहका जनप्रतिनिधिले लैङ्गिक असमानता हटाउन गरेको सक्रिय भूमिका यसमा समेटिएको छ ।