Go Back Go Back
Go Back Go Back
Go Back Go Back

छोरीलाई भन्दा छोरालाई बढी प्राथमिकता दिने कुसंस्कारको अन्त्य गरौं

छोरीलाई भन्दा छोरालाई बढी प्राथमिकता दिने कुसंस्कारको अन्त्य गरौं

News

छोरीलाई भन्दा छोरालाई बढी प्राथमिकता दिने कुसंस्कारको अन्त्य गरौं

calendar_today 18 March 2021

नेपालमा जन्मदाको लिङ्ग अनुपात असन्तुलन देखिएको छ । यस अवस्थाको तीन मुख्य कारक — घट्दो प्रजननदर, लिङ्ग पहिचान प्रविधिमा सहज पहुँच र छोरीलाई भन्दा छोरालाई बढी प्राथमिकता दिने कुसंस्कार — हुन् । 

अध्ययनले जन्मदाको लिङ्ग अनुपात असन्तुलन मुख्यरुपमा १२ वटा जिल्लामा स्पष्ट देखाएको छ । त्यहाँ महिलालाई छोरा नै जन्माउन पर्दछ भनेर उच्च दवाब छ, जसले उनीहरुको स्वास्थ्य र छनौटको अधिकारलाई असर गर्दछ र हिंसा समेत निम्त्याउन सक्दछ ।

विभेदपूर्ण लिङ्ग छनोट लैङ्गिक असमानता हो । यो कुसंस्कार महिला तथा किशोरीलाई अवमूल्यन गर्ने परम्परा, संस्कृति, धर्म, सामाजिक र आर्थिक हिसाबले गहिरो रुपमा जरा गाडेको छ । किशोरीलाई अवमूल्यन गर्ने पैत्रिक सम्पत्ति र दाइजो प्रथा जस्तो परम्परासँग जोडिएको छ । यसकारण विभेदपूर्ण लिङ्ग छनोटलाई सम्बोधन गर्न बहुआयामिक अवधारणा र कार्यक्रम आवश्यक छ ।  

नेपालको संविधान, सुरक्षित मातृत्व र प्रजनन् स्वास्थ्य अधिकार ऐनलगायत महिला अधिकार सुरक्षित गर्ने कानूनी रुपरेखा छन् । लैङ्गिक समानता सुनिश्चित गर्ने संबैधानिक र कानूनी जिम्मेवारीको बाबजुत पनि नेपाली महिलाले भेदभावको सामना गर्नुपरेको जनाइएको छ । कानून एक्लैले यो बहुआयामिक सवाललाई सम्वोधन गर्न सकिदैन र सामाजिक तथा आर्थिक रुपमा छोरी र छोराको समान महत्व नहुञ्जेल यसलाई सम्बोधन गर्न सकिदैन भनेर हामीले बृहत रुपमा बुझ्नु आवश्यक छ ।

लिङ्ग पहिचान गर्ने प्रविधिहरुको उपलव्धतालाई लिङ्ग छनौट गर्ने माध्यमको रुपमा लिइएको छ यद्यपि महिला र किशोरीप्रतिको सामाजिक दृष्टिकोणमा सामाजिक परिवर्तनको ठूलो भूमिका रहने हुन्छ ।  प्रविधिलाई नियन्त्रण गर्ने तथा गर्भपतन विरुद्धको कानून कडा बनाउने कार्यले महिलामा थप यातना बढाउन सहयोग गर्नेछ जहाँ उनीहरु असुरक्षित र गोप्य गर्भपतन गर्न तर्फ लाग्ने, स्वास्थ्य र जीवनलाई खतरामा पार्ने र हिंसा समेत निम्तन सक्छ । 

विभेदपूर्ण लिङ्ग छनौट सम्बन्धी राष्ट्रिय रणनीति हुनुमा नेपाललाई गर्व छ । यो रणनीति बहुसरोकारवालासँगको परामर्श मार्फत विकास गरिएको थियो । दिगो विकास लक्ष्यले निर्धारण गरेको लक्ष्य र सम्वन्धित सूचकहरु (समावेशी र समतामुलक समाजको सुनिश्चितताका लागि तय गरिएको दिगो विकास लक्ष्य ३, ४ र ५) पुरा गर्ने प्रयत्न तर्फ यो रणनीति महत्वपूर्ण कदम हो ।  

विभेदपूर्ण लिङ्ग छनौटलगायत महिला र किशोरीहरु विरुद्ध हुने सबै खाले भेदभावको अन्त्य गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्य मन्त्रालयहरुसँग काम गर्न प्रतिवद्ध छ । यस कार्य सचेतना अभिबृद्धि, अभियान, समुदाय परिचालनको माध्यमद्धारा गरिने छ । साथै, सकारात्मक नतिजा ल्याउनका लागि विद्यमान नीतिहरु कार्यान्वयन गर्ने, सार्वजनिक र राजनीतिक जीवनमा महिला तथा किशोरकिशोरीको अर्थपूर्ण सहभागिताका लागि उनीहरुको क्षमता अभिबृद्धिमा लगानी गर्ने कार्य पनि गरिनेछ ।

(मार्च १२ २०२१ मा आयोजित विभेदपूर्ण लिङ्ग छनोट सम्बन्धी मन्त्रीस्तरीय संवादमा स्वास्थ्य तथा जनङ्ख्या मन्त्री माननीय हृदयेश त्रिपाठी दिनुभएको मन्तव्यको आधारमा । सहभागि राष्ट्रहरु र संस्थाहरु : आर्मेनिया, अजरबैजान, बंगलादेश, चीन, जर्जिया, नेपाल, भारत, दक्षिण कोरिया, भियतनाम, नर्वे, युरोपियन युनियन र यूएनएफपिए)
 

Related Content