Go Back Go Back
Go Back Go Back

Nepal spotlights role of women defying gender stereotypes on International Women’s Day

Nepal spotlights role of women defying gender stereotypes on International Women’s Day

Press Release

Nepal spotlights role of women defying gender stereotypes on International Women’s Day

calendar_today 08 March 2019

In a bid to commemorate International Women’s Day 2019, the United Nations Nepal and the British Council jointly organized The Trailblazers - a photo exhibition about women in Nepal who defied gender stereotypes by excelling in areas traditionally not occupied by women.  

The exhibition features stories of women from different walks of life who have overcome social, economic or physical barriers to become change makers in their communities.

Alongside the photo stories, existing and curated content from the British Council’s ‘Creating Heroines’ project also forms part of the exhibition. Creating Heroines is a collaborative international project initiated by the British Council, bringing together female artists, graphic novelists and illustrators from across South Asia and the South Asian diaspora. The project explores the stories behind side-lined heroines of history and mythology and uses them to inspire new creations including zines and cartoons.

“Coming on the heels of extraordinary global efforts in the fight for equality, justice and women’s rights, International Women’s Day gives us the opportunity to capture the vibrant work of some outstanding women and celebrate their acts of courage and determination, while making history in their communities and their countries”, says Ms. Valerie Julliand, the Resident Coordinator of the United Nations in Nepal.

“Arts is a cornerstone of the British Council’s cultural relations mission. It is, thus, a great pleasure to share this platform with the UN agencies to showcase outputs from our culture and development work. As an organization we see great strength and potential in using the arts to provide voice and agency to Nepali and South Asian women/girls. Through projects like Creating Heroines and Women of World we will continue to celebrate achievements of women and girls while addressing the challenges still facing gender equality today,” adds Dr. Jovan Ilic, Country Director of British Council.

The exhibition is being held at the premises of Lalitpur Metropolitan City Office in Pulchowk from 8-9 March.

Expressing the solidarity to International Women’s Day celebration, honorable Mayor of Lalitpur Metropolitan City Mr. Chiri Babu Maharjan said, “our work is in line with the Sustainable Development Goals (SDGs) and achieving gender equality as directed by the SDGs is our priority”.

International Women’s Day is celebrated on 8 March every year. It is marked by several events around the world to celebrate women who have played an extraordinary role in the history of their countries, their communities, and the world. The theme for International Women’s Day 2019 is “Think equal, build smart, innovate for change”.

--------------------------------------

For Further Information contact:

Simrika Sharma

Public Information Manager

United Nations Resident Coordinator’s office 

Email: Simrika.sharma@one.un.org

Tel: 5523200 Ext. 1519

--------------------------------------

अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा नेपालमा लैङ्गिक रुढिवादलाई चुनौती दिने महिलाहरु केन्द्रविन्दुमा

अन्तर्राष्ट्रिय महिला दिवस २०१९ मनाउने क्रममा नेपालस्थित संयुक्त राष्ट्रसङ्घ र ब्रिटिस काउन्सिलले संयुक्त रुपमा द टे«लब्लेजर्स (पथप्रदर्शकहरु) र्शीषकको फोटो प्रदर्शनीको आयोजना गरेका छन् । प्रदर्शनी नेपालमा लैङ्गिक रुढिवादलाई चुनौती दिंदै परम्परागत रुपमा महिलाहरु नपुगेको क्षेत्रमा श्रेष्ठता हासिल गरेका नेपालका महिलाहरुमाथि केन्द्रित रहेको छ ।

प्रदर्शनीमा सामाजिक, आर्थिक वा भौतिक व्यवधानहरुलाई परास्त गर्दै आफ्नो समुदायमा परिवर्तन ल्याउन सफल भएका समाजका विभिन्न क्षेत्रका महिलाहरुको कथा समेटिएको छ । फोटो कथाका साथै ब्रिटिस काउन्सिलको ‘क्रिएटिङ्ग हिरोइन्स’ (नायिकाहरुको सृष्टी) परियोजनाबाट प्राप्त कलात्मक सामग्रीहरु पनि प्रदर्शनीमा समावेश गरिएको छ । क्रिएटिङ्ग हिरोइन्स् ब्रिटिस काउन्सिलले थालनी गरेको एउटा सहकार्यात्मक अन्तर्राष्ट्रिय परियोजना हो, जसले दक्षिण एसिया र दक्षिण एसियाली प्रवासी समुदायका महिला कलाकार, रेखा–चित्र उपन्यासकार र चित्रकारहलाई एकै ठाउँमा ल्याउने काम गरेको छ । परियोजनाले इतिहास र पौराणिक कथामा सहायक भूमिकामा सीमित गरिएका नायिकाहरुको भित्री कथाहरु खोजबीन गरी त्यसलाई पत्रिका र व्यंग्यचित्रसहित नयाँ सिर्जनाहरु निर्माणकार्यलाई प्रोत्साहित गर्न उपयोग गर्दछ । 

सो अवसरमा नेपालस्थित संयुक्त राष्ट्रसङ्घकी अवासीय संयोजक भ्यालेरी जुलियाँले भन्नुभयो, “समानता, न्याय र महिला अधिकारको असाधारण विश्वव्यापी प्रयासहरुको आधारमा अन्तर्राष्ट्रिय महिला दिवसले हामीलाई केही उत्कृष्ट महिलाहरुको जीवन्त कार्यहरुलाई एकीकृत गरी आफ्ना समुदाय र राष्ट्रमा इतिहास बनाउनेक्रममा उनीहरुले गरेका साहस र दृढताको कार्यलाई सराहना गर्ने अवसर प्रदान गर्दछ ।”

यसैगरी, बिट्रिस काउन्सिलका देशीय निर्देशक डा जोभान लिक भन्नुहुन्छ, “कला ब्रिटिस काउन्सिलको साँस्कृतिक सम्बन्धसम्बन्धी उदेश्यको मूल पाटो हो । त्यसैकारण, हाम्रो संस्कृतिक र विकास प्रयासका परिणामहरु प्रदर्शित गर्न राष्टसङ्घीय निकायहरुसँग साझेदारी गर्न पाउनु हाम्रो लागि ठूलो आनन्दको कुरा हो । एउटा संस्थाका रुपमा नेपाली तथा दक्षिण एसियाली महिला÷बालिकाहरुलाई आवाज र संगठन प्रदान गर्न कलाको प्रयोगमा हामी ठूलो बल र सम्भावना देख्छौं । क्रिएटिङ्ग हिरोइन्स र वमन अफ द वल्र्ड जस्ता परियोजनामार्फत हामी महिला तथा बालिकाहरुको उपलब्धिहरुलाई सम्मान गर्ने कार्यलाई हामी निरन्तरता दिंदै लैङ्गिक समानताले अझै पनि सामना गरिरहेको चुनौतीहरुलाई सम्बोधन गर्नेछौं ।”

प्रदर्शनी ललितपुर महानगरपालिकाको पुल्चोकस्थित कार्यालयमा फागुन २४ र २५ गते (मार्च ८ र ९) आयोजना भईरहेको छ । 

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा एक्यबद्धता व्यक्त गर्दै ललितपुर महानगपालिकाका माननीय मेयर श्री चिरीबाबु महर्जनले भन्नुभयो, “हामीहरुले दिगो बिकाश लक्ष्य प्राप्त गर्ने उद्धेश्यका साथ काम अगाडि वडाएका छौं र लैंङ्घिक समानता हासिल गर्नु हाम्रो प्रथमिकता रहेको छ ।”  

अन्तर्राष्ट्रिय महिला दिवस हरेक बर्ष मार्च ८ का दिन मनाउने गरिन्छ । यस अवसरमा विश्वभरी आफ्नो देश, समुदाय र विश्वको इतिहासमा असाधारण भूमिका निर्वाह गरेका महिलाहरुको सम्मानमा विभिन्न कार्यक्रमहरुको आयोजना गरिन्छ । यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस २०१९ को मूल नारा “समान सोचौं, चुस्त निर्माण गरौं, परिवर्तनका लागि नवीन कार्य गरौं” रहेको छ ।