Go Back Go Back
Go Back Go Back

दोषारोपण र भेदभाव अन्त्य गरौं, माया फैलाऔं

दोषारोपण र भेदभाव अन्त्य गरौं, माया फैलाऔं

Press Release

दोषारोपण र भेदभाव अन्त्य गरौं, माया फैलाऔं

calendar_today 23 June 2020

असार, २०७७ : कोरोना भाइरस (कोभिड-१९) को सन्दर्भमा फैलिरहेको दोषारोपण भेदभावको अन्त्यको आव्हान गर्दै नेपाल स्थित संयुक्त राष्ट्र संघका विभिन्न निकायहरू ३० भन्दा बढी राष्ट्रिय अन्तराष्ट्रिय संस्थाहरूले आज #मायाफैलाऔं #SpreadLove अभियान सुरु गरेका छन्

आज नेपालमा पहिलो व्यक्तिमा कोभिड-१९ देखिएको समाचार आएको पाँच महिना भयो त्यसबेलादेखि कोभिड-१९ मुक्त व्यक्तिहरु उनिहरुका परिवार, वैदेशिक रोजगारबाट फर्केका व्यक्तिहरू, स्वास्थ्यकर्मीहरू, जोखिममा रहेका व्यक्तिहरू जस्तै फरक पृष्ठभूमि, जाति क्षमता भएका व्यक्तिहरू विरुद्ध बढिरहेको  भेदभावका कैयौं सूचनाहरू आइरहेका छन् अहिले हामीले आफूलाई केवल भाइरसबाट मात्र होइन, यी डर, अफवाह दोषारोपणबाट पनि एकअर्कालाई जोगाउनु पर्छ। यति बेला हाम्रो सबैभन्दा ठूलो शक्ति नै सत्य तथ्य एकता हो। 

#मायाफैलाऔं #SpreadLove अभियानले सबैजनालाई कोभिड-१९ बाट प्रभावित व्यक्तिहरूको समर्थनमा माया, सद्भाव आशाका सन्देशहरू फैलाउन आव्हान गर्दछ

यस अभियानले अग्रपंक्तिमा रहेर हामीलाई नोभेल कोरोना भाइरसबाट जोगाउन काम गरिरहेका स्वास्थ्यकर्मीहरूलाई  पनि धन्यवाद ज्ञापन गर्दछ   साथै वैदेशिक रोजगारबाट फर्केका व्यक्तिहरूलाई स्वदेशमा न्यानो स्वागत गर्दछ

हामी यो आपतमा सबै एक साथ छौं

यस अभियानमा आजै सहभागी होऔं, भेदभाव हटाऔां, #मायाफैलाऔं

 

निम्न संस्थाहरूबाट यो संयुक्त प्रेस वक्तव्य जारी गरिएको होः

FAO, ILO, IOM, UNDP, UNESCO, UNFPA, UNHCR, UNIC, UNICEF, UNOPS, UNRC, UNV, UNWOMEN, WFP, WHO, USAID, United Mission to Nepal, Association of Community radio broadcaster, BBC Media Action, CARE Nepal, Catholic Relief Services, DCA, Felm-Nepa, FINRC, Handicap International, Helen Keller International, Housing Recovery and Reconstruction Platform (HRRP) – Nepal, IPAS, Lutheran, Mercy Crops, Nepal Red Cross Society, People in Need, Plan International, Practical Action, PSI, Save the Children, TDH, Tilganga, VSO International, WinRock International, World Vision, WWF and Yuwalaya.