Go Back Go Back
Go Back Go Back
Go Back Go Back

संरक्षण विषयगत क्षेत्रको राष्ट्रिय रणनीतिक कार्ययोजना २०७३

संरक्षण विषयगत क्षेत्रको राष्ट्रिय रणनीतिक कार्ययोजना २०७३
संरक्षण विषयगत क्षेत्रको राष्ट्रिय रणनीतिक कार्ययोजना २०७३

Publisher

Number of pages

60

Author

NWC, UNFPA & NRCS

Publication

संरक्षण विषयगत क्षेत्रको राष्ट्रिय रणनीतिक कार्ययोजना २०७३

Publication date

23 November 2017

Download Icon

भू–धरातलीय बनावटको कारण प्रत्येक वर्ष नेपालका विभिन्न भूभागमा प्राकृतिक प्रकोपका घटनाहरू जस्तै बाढी, पहिरो, भूकम्प, आगलागी, हुरीबतास, असिना वर्षा, खडेरी, अनिकाल तथा महामारी आदि भइरहेका छन् जसबाट ठूलो धनजनको क्षति भएको पाइन्छ ।  २०७१ श्रावण २८ र २९ गते गएको मध्यपश्चिमको बाढी तथा पहिरोमा परी २६५ जनाको मृत्यु भएको थियो । त्यसै गरी २०७२ बैसाख १२ को भूकम्प र त्यसपछि गएका विभिन्न परकम्पनले राष्ट्रका अधिकांश जिल्ला प्रत्यक्ष तथा अप्रत्यक्षरूपमा प्रभावित हुनुका साथै लाखौं मानिसहरू घरबारविहीन भएका थिए । राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रको तथ्याङकअनुसार भूकम्पबाट ८,८९१ जनाको मृत्यु भएको थियो भने घाइतेको सङ्ख्या २२,३०२ र प्रभावित परिवारको सङ्ख्या ८,८६,४५६ रहेको थियो । यस्ता प्राकृतिक प्रकोप तथा द्वन्द्वमा बढी प्रभावित हुने तथा जोखिममा रहेका महिला, बालबालिका, जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्ति सङ्कटासन्न समूहमा परेको पाइन्छ । विकास प्रक्रिया तथा जोखिम न्यूनीकरण कार्यक्रममा सङ्कटासन्न समूहलाई लक्षित तथा मूलप्रवाहीकरण गर्न नसक्दा यस्ता समूहहरू बढी जोखिममा रहेको पाइएको छ । यस्ता जोखिमका असरलाई न्यूनीकरण गर्न विपद् पूर्वतयारी तथा प्रतिकार्य गर्ने क्रममा उक्त सङ्कटासन्न समूहका संरक्षणसम्बन्धी मुद्दाहरूमा नीतिगत, संस्थागत तथा कार्यगत व्यवस्था हुनु आवश्यक देखिन्छ । यसै कुरालाई मध्यनजर गर्दै महिला, बालबालिका तथा समाज कल्याण क्षेत्रमा संरक्षण समूहको भूमिका तथा जिम्मेवारी अझ प्रभावकारी बनाउंन यो रणनीतिक कार्ययोजना तयार गरिएको छ ।

Latest

Publications

14 December 2014

Nepali Youth in Figures
Read story

Publications

14 December 2014

Nepali Youth in Figures
Read story

Publications

30 September 2014

Adolescent Job Aid
Read story