You are here

सामान्य अवस्थामा जस्तै यौन तथा प्रजनन स्वास्थ्य सेवा कोरोना भाइरस रोग (कोभिड—१९) महामारीको यो अवस्थामा पनि स्वास्थ्य संस्थामा निरन्तर उपलब्ध छ । गर्भावस्था, प्रसूति तथा नवजात शिश, परिवार योजना, सुरक्षित गर्भपतन तथा अन्य प्रजनन स्वास्थ्य सेवा सरकारी स्वास्थ्य संस्थाहरुमा निशुल्क पाईन्छ । कोभिड—१९ महामारीको अवस्थामा यौन तथा प्रजनन स्वास्थ्य सेवा स्वास्थ्य संस्थासम्म पुगेर लिन कठिनाई भएमा आवश्यक परामर्श तथा जानकारीका लागि यस भिडियोमा उल्लेख गरिएका नम्बरमा सम्पर्क गरौं ।