You are here

उच्च गुणस्तरीय किशोर-किशोरी मैत्री स्वास्थ्य सेवा प्रदान गर्नका लागि विभिन्न विशेषज्ञहरू, सरकारी अधिकारीहरू र किशोर किशोरीहरूलाई किशोर किशोरी मैत्री स्वास्थ्य सेवा प्रदान गरिरहेका स्वास्थ्यकर्मीहरूको सहयोग र राष्ट्रिय किशोर किशोरी यौन तथा प्रजनन स्वास्थ्य कार्यक्रम सञ्चालन निर्देशिका २०६८ (२०११) को मार्ग निर्देशमा रहेर यो किशोर किशोरी मैत्री स्वास्थ्य सेवाको गुणस्तर प्रमाणीकरणका आधारहरू र गुणस्तर अनुगमन सामग्री (Certification Criteria and Quality Assessment Tool) परिवार स्वास्थ्य महाशाखाले यूएनएफपीएको सहयाेगमा विकास गरिकाे हो । यो सामग्री विकास गर्नुको मुख्य उद्देश्य नेपाल सरकारका स्वास्थ्य संस्थाहरूमा उच्च गुणस्तरको किशोर किशोरी मैत्री स्वास्थ्य सेवाको उपलब्धता र निरन्तरताको सुनिश्चितता गर्नु हो ।
यो  किशोर-किशोरी मैत्री स्वास्थ्य सेवाको प्रमाणीकरण तथा गुणस्तर अभिवृद्धि सामग्री स्वास्थ्य संस्थामा किशोर-किशोरी मैत्री स्वास्थ्य सेवाको अवस्थाको प्रमाणीकरण गर्दा सेवाको गुणस्तरको परिमाण तोक्ने साधन हो । यसलाई  किशोर किशोरी मैत्री स्वास्थ्य सेवा सुरु गर्दा आधाररेखा (Baseline) का रूपमा रहेको आँकडा (अवस्था) सँग हालको प्रगतिलाई तुलना गर्नका लागि पनि प्रयोग गर्न सकिने छ ।