You are here

यस प्रकाशन यूएनएफपीएको विश्व जनसंख्या स्थिति २०२० प्रतिवेदनमा आधारित मुख्य सन्देशहरुसँग सम्बन्धित छन् ।  नेपालमा विद्यमान लैङ्गिक असमानताका कारण छोरीको अवमुल्यन भईरहेको, प्रजनन दर घटिरहेको तथा छोरीलाई भन्दा छोराको चाहाना बढेको हुनाले गर्भपतन गर्ने अभ्यास वृद्धि भैरहेको छ ।  

बालविवाहको सबैभन्दा उच्च दर रहेको एसियाली देशहरु मध्ये नेपाल पनि रहेको छ । नेपालमा किशोर–किशोरी दुवैका लागि विवाहको कानुनी उमेर २० वर्ष भएपनि ४० प्रतिशत किशोरीहरुको विवाह १८ वर्षभित्र विवाह हुने गरेको छ । किशोरीहरुको शिक्षा र स्वास्थ्य सेवामा पहुँच पुर्‍याउदै उनीहरुमा लगानी, विवाह गर्ने उमेर बढाउने र छिटो बच्चा नजन्माउने सुनिश्चित गर्नु आजको आवश्यकता हो ।

विश्व जनसंख्या स्थिति २०२० पूरा प्रतिवेदन यहाँ हेर्नुहोस् : http://unfpa.org/AgainstMyWill