You are here

कोभिड–१९ को संक्रमण रमादानको समयमा फैलिन नदिन व्यक्ति व्यक्तिबीच कायम गर्नुपर्ने भौतिक दुरी र अन्य उपायहरूकोबारेमा राष्ट्रिय स्वास्थ्य निकायले जारी गरेको सूचना र सल्लाह नै आधिकारिक हुनेछ । यसरी सरकारी निकायबाट जारी भएको सूचना र सल्लाहको पालना भएको सुनिश्चित गर्नुपर्दछ । धार्मिक गुरुहरुको सहभागितामा सरकारी निकायहरुले यस्ता निर्णयहरु गर्नुपर्दछ । यस्तो सहभागीताले रमादानको क्रियाकलापमा प्रभाव पार्ने निर्णयहरुको सूचना प्रवाह गराउन धार्मिक गुरुहरुलाई सक्रिय रुपमा संलग्न गराउन सकिन्छ । 

विभिन्न देशहरूले कोभिड–१९ को संक्रमण फैलिन नदिन विभिन्न उपायहरू अबलम्बन गरिरहेका छन् । विभिन्न देशहरुले आफ्नो परिवेश अनुसार रमादानको महिनामा सामाजिक र धार्मिक प्रचलन अनुसार भेला हुनको लागि यो दस्तावेजले जनस्वास्थ्यलाई ध्यान दिन महत्वपूर्ण सल्लाह दिएको छ ।