You are here

अन्तरराष्ट्रिय महिला दिवसको अवसरमा यूएनएफपिए कार्यकारी निर्देशक डा. नातालिया केनमद्धारा जारी वक्तव्य

महिलाले संसारभर नेतृत्व गर्छन् । उनीहरु शान्ति प्रक्रिया नेतृत्व गर्छन्, व्यवसाय चलाउँछन्, अस्पताल र विद्यालयहरु स्थापना गर्छन् । उनीहरु राष्ट प्रमुख तथा कर्पोरेट वोर्डका उच्चतहमा छन् । प्रायःजसो आफ्नो परिवार तथा समुदायको हेरचाह गर्दै उनीहरु अन्तरराष्ट्रिय र राष्ट्रिय स्तरका संस्थाहरु, खेलकुद टिम र वातावरणीय गतिविधिहरुमा सहभागी हुन्छन् ।
यस अन्तरराष्ट्रिय नारी दिवसको अवसरमा हामीले सबै महिलाहरु विषेश गरी समानताका लागि नेतृत्व गर्ने अग्रणी महिलाको सम्मान गरौं । नेतृत्व लिने सपना देखेका महिला र किशोरीलाई आफ्नो लक्ष्य तर्फ लागिरहन म प्रोत्साहन गर्न चाहान्छु । 
नेतृत्व तहमा पूर्ण लैङ्गिक समानता कुनैपनि देशले अहिलेसम्म प्राप्त गरेको छैन । तर, हामी त्यहाँ पुग्छौं र महिलाले सामुहिक रुपमा परिवर्तन गर्न सक्छौं भन्ने कुरामा म विश्वास गर्दछु । जहाँ लैङ्गिक समानता छ, त्यो समाज बढी समृद्ध छ  । दिगो शान्ति छ । समाजका सबैले लाभ लिन्छन् ।
महिलाको नेतृत्वतर्फको बाटो अझै धेरै अवरोध छन् । आफ्नो शारीरिक माथी आफ्नो पूर्ण नियन्त्रण नहुनु एक आधारभूत व्यवधान हो । परिवार नियोजनका साधन प्रयोग गर्ने वा नगर्ने, यौन सम्वन्ध राख्ने वा नराख्ने जस्ता आफ्नो शरीर सम्बन्धी आधारभूत निर्णय लिने अधिकारबाट अझै पनि धेरै महिलाहरु वञ्चित छन् । यस्तो अवस्थाको अन्त्य गरौं । 
कोरोना भाइरस रोगको एक वर्षमा यस महामारीले कसरी महिलाको शारीरिक स्वायत्तता अभ्यास गर्ने क्षमतालाई अवरोध गर्ने विद्यमान व्यवधानलाई अझै खराब बनाउन सक्छ भनेर हामीले देखेका छौं । यौन र प्रजनन् स्वास्थ्य सेवा प्रभावित भएको र लैङ्गिक हिंसा आकासिएको छ ।
शारीरिक स्वायत्तताको अधिकार उपभोगबाट वञ्चित महिलाले समानता हासिल गर्नका लागि जीवनभर विभिन्न अवरोध भोग्नु पर्ने अवस्था आउने सक्ने हुन्छ । यसैकारण, महिलाले शारीरिक स्वायत्तता हासिल गर्न सकून् भनेर र नेतृत्व गर्नका लागि सीप र अवसरहरु प्राप्त गर्नुपर्छ भन्ने कुरालाई हामीले सुनिश्चित गर्नु पर्दछ ।
कोभिड–१९ महामारीमा महिलाले पुरै समाजलाई नै चलायमान बनाएका छन्, बहुसंख्यक अग्रपङ्तीमा खटिएका कामदारका रुपमा स्वास्थ्य प्रणाली धानेका छन् र विद्यालय नगएका बालबालिकाका साथसाथै बिरामीहरुको सेवा गरी घरको थप जिम्मेवारी साहसपूर्ण रुपमा व्यवस्थापन गरेका छन् । महिलाविरुद्ध हिंसा पीडितका लागि उनीहरुले आवास गृह खुला राखेका छन् र परिवार नियोजनका साधानहरु वितरण गर्नकै लागि भनेर दुर्गममा पुगेका छन् ।